काठमाडौँ, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।
आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सरकारसँग जवाफ मागेपछि सापकोटाले रुलिङ गरेका हुन् ।
रुलिङ गर्दै उनले भने “माननीय सदस्यहरूले उठाउनुभएको विषयमा मेरो पनि ध्यानाकर्षण भएको छ । सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु । यस विषयमा सरकारलाई सत्य तथ्य सदनसमक्ष पेस गर्न निर्देश गर्दछु ।” आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।










प्रतिक्रिया दिनुहोस्