मोरङ, ६ असार । जिल्लाको बेलबारी नगरपालिका–११ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज दिउसो को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिदा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमालको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । घाइते भएका मोटरसाइकल पछाडि सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्