काठमाडौँ, ६ असार । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सभापति निरुदेवी पालले पाँच दलीय गठबन्धनको सरकारले चरम मूल्यवृद्धि तथा विद्यार्थीलाई पाठ्यपुस्तकसमेत पुर्याउन नसकेर जनतालाई ढाड सेक्ने काम गरेको भनदै आक्रोस जनाउनुभएको छ ।
आज प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै सभापति पालले वर्तमान गठबन्धनको सरकार बनेसँगै जनताले दैनिक रुपमा उपभोग्य सामाग्री तथा पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धि गरी दैनिक गुजारासमेत चल्न नसक्ने अवस्था बनाएको बताउनुभयो । शैक्षिक सत्र शुरु भएको लामो समय भइसक्दा समेत पाठ्यपुस्तक विद्यार्थीले नपाउनु मुलुकको भविष्य निर्माणका विद्यार्थीको भविष्यमाथि सरकारले गंभिर खेलवाड गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘बोलौं भने सरकारले सुन्दैन, नबोलौं भने मन मान्दैन । सरकारले जे नगर्नु छ, त्यो गर्छ । जे गर्नु छ, त्यो गर्दैन । सुदुरपश्चिमका जिल्लाहरुका शैक्षिक सत्र शुरु भएको करिव चार महिना वितिसक्दा समेत पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सकेको छैन । काठमाडौँका विद्यार्थीहरु विना कसुर प्रहरीको लाठी खान बाध्य छन् । अनि कसरी यो सरकारलाई जनताको सरकार भन्ने ? दैनिक उपभोग्य सामाग्री तथा पेट्रोलिय पदार्थको चरम मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने कार्य मात्र गरेको छ । मंहगी नियन्त्रण गर्ने कुनै योजना नै छैन । खबरदार सरकार, जनतालाई जिस्क्याउन पाईदैन, विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाईदैन ।’










प्रतिक्रिया दिनुहोस्