राजनीति

एसपीपी फिर्ता लिन सेनालाई निर्देशन दिने सरकारको निर्णय



काठमाडौँ, ६ असार । सरकारले अमेरिकासँगको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता फिर्ता लिन नेपाली सेनालाई निर्देशन दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालले प्रस्ताव गरी अमेरिकाबाट स्वीकृत भएको सम्झौतालाई फिर्ता लिने प्रक्रिया अघि बढाउन सेनालाई निर्देशन दिने निर्णय भएको हो ।

मन्त्रिपरिषदको निर्णयसँगै अब एसपीपी फिर्ता लिन औपचारिक प्रक्रिया सुरु हुनेछ ।