सम्पादकीय

काँग्रेस गढमा एमाले उम्मेदवार विजयी



काठमाडौं, ३ जेठ । नेपाली काँग्रेसको गढ मानिएको कुश्मा नगरपालिका १ पाङको वडा अध्यक्षमा एमालेका देबेन्द्र सुवेदी बिजयी भएका छन् । उनले ४६ मतान्तरले काँग्रेसका उम्मेदवारलाई हराएका हुन् । वडा अध्यक्षमा एमालेले एक हजार १९ र काँग्रेसले नौ सय ७२ मत प्राप्त गर्‍यो ।

रोचक त के छ भने यो वडामा अन्य पदमा भने नेपाली काँग्रेस भारी मतले अगाडि छ । यो वडाबाट मेयरमा काँग्रेसले एमालेभन्दा पाँच सय नौ मतले अग्रता लिइरहेको छ । दुई हजार तीन सय २६ मतमा काँग्रेसका मेयर रामचन्द्र जोशीले एक हजार दुई सय ५२ मत र उपमेयर सिता काफ्ले लामिछानेले एक हजार एक सय ९३ मत पाए ।

यो वडाबाट एमालेका मेयर मेघनाथ सुबेदीले सात सय ४३ र उपमेयर पदका उम्मेदवार मुगा पोखरेलले सात सय ५२ मत प्राप्त गरेका छन् । नागरिकमा समाचार छ  ।