Banner News

विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधार सरकारको प्राथमिकतामा छ: गृहमन्त्री खाँण



रुपन्देही, १२ असार । गृहमन्त्री बालकृष्ण खाँणले विकासको महत्वपूर्ण क्षेत्र पूर्वाधारलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

रुपन्देहीको तिनाउ नदीमा निर्माण सम्पन्न पुलको उद्घाटन गर्दै मन्त्री खाँणले सरकारले चाहँदाचाहँदै पनि सम्पन्न गर्न नसकेका पूर्वाधार विकासका आयोजना सम्पन्न गर्न थप जोड दिनुपर्ने औँल्याउनुभयो । पूर्वाधार विकाससँगै नागरिकमा सुविधा तथा शान्ति र सुरक्षाको अवस्था सुदृढ हुने बताउनुभयो ।

पुलले बुद्ध सर्किट जोड्ने र चार नगरको भाइचारा सम्बन्ध स्थापना गर्न मद्दत पु¥याउने उल्लेख गर्दै उहाँले लुम्बिनीसँगै यस क्षेत्रको आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।