Banner News

मन्त्री आलेद्वारा राजीनामा



काठमाडौं, १२ असार । संकृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले राजीनामा दिएका छन् ।

आइतबार साँझ राजीनामा दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले कागजमा मात्रै काम गरेको देखाउनेहरू आफ्नो निगरानीमा परेको दाबी गरे ।

उने भने, “मन्त्री भएपनि स्वागत समारोहमा मेरो अघिपछि लागेर खुसी पार्न नखोज्नुहोला भनेको थिएँ । नभन्दै त्यस्तै अनुभव भयो । मन्त्रीकालमा म भन्दा अगाडि नेतृत्वमा पुगेको हुन् अथवा मैले पदस्थापन गरेकोलाई काम गरेबापत स्यावासी दिएँ भने छलछाम गर्नेलाई कारबाही गरेको जानकारी नै छ,” “नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नारायणहिटी दरबार संग्रहालय, पशुपति धर्मशाला, क्यासिनोको बक्यौता असुल, हवाई जहाज तथा हेलिकोप्टरलाई संघीय संरचनाअनुसार स्थानान्तरण लगायतको कारबाही गर्दा अदृष्य शक्ति केन्द्रबाट दर्जनौँपटक दबाब र थुप्रै प्रलोभन पनि आए ।”

आलेले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको भन्दै राजीनामा दिएका छन् । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि सबैभन्दा पहिले राजीनामा दिएका मन्त्री आलेले आफू प्रक्रिया भन्दा एक्सनमा काम गर्ने राजनीतिक कार्यकर्ता भएको बताए । आफ्नो स्वभावसँग एकाकार हुँदै साथि दिएका कर्मचारीलाई धन्यवाद भनेका आलेले प्रधानमन्त्रीलाई समेत धन्यवाद दिएका छन् ।