Banner News

हामीमाथि चौतर्फि आक्रमण हुँदा पनि एमाले प्रमुख शक्तिको रुपमा आएको छः अध्यक्ष ओली



काठमाडौँ, ३ जेठ । हामीमाथि सबैतिरबाट घेराबन्दी भइरहँदा र आक्रमण भइरहँदा पनि नेकपा एमाले प्रमुख शक्तिका रुपमा आएको छ । यसका पछि मदन भण्डारी र जीबराज आश्रितको भूमिका छ ।

त्यसमा पनि जननेता मदन भण्डारीद्वारा प्रदिपादित जनताको बहुदलीय जनबाद हामीसँग छ । अन्य देशमा अन्य कम्युनिस्ट पार्टीहरु, अन्य देशमा सिंगो कम्युनिस्ट आन्दोलन रक्षात्मक रहेको अवस्थामा, विश्वमा ८० को दशकको अन्त्य, ९० को सुरुतिर रक्षात्मक रहँदा पनि नेपालमा हामी अघि बढेका छौं । यो जवजका कारणले नै हो ।

जतिखेर सोभियत संघ भत्केको थियो, ध्वस्त भएको थियो । विश्वमा कम्युनिस्ट ढलेको थियो । त्यस्तो अवस्थामा नेपालमा कम्युनिस्ट फस्टाउँदै थियो । माक्र्सवादी व्यवस्थालाई आफ्ना सन्दर्भमा कसरी मौलिक ढंगमा प्रयोग गर्न सकिन्छ, कसरी रक्षा गर्न सकिन्छ, अघि बढाउन सकिन्छ । त्यसमा जननेता मदनको जवजको असाधारण योगदान रह्यो ।

त्यही विचारको जगमा, प्रकाशमा आज हामी यस ठाउँमा छौं । यद्यपि यतिबेला हामी स्थानीय तहको निर्वाचनपछिको मतगणना भइरहेका बेलामा छौं । हामीमाथि घेराबन्दी भइरहेको र आक्रमण भइरहेको बेला त्यसका बीचमा छौं । सत्ता संरक्षित घेराबन्दी र गुण्डागर्दीको सामना गरेर चुनाव सामना गरिरहेका छौं । सत्तापक्षले बुथ कब्जा गरेको छ । सत्तापक्ष निर्लञ्ज आक्रमणमा उत्रेको छ । सत्तापक्षले लोकतन्त्रको ध्वज्जी उडाएको छ, तमासा देखाएको छ । यस्तो अवस्थामा छौं ।

तर पनि हामी अघि छौं । तर, यो पर्याप्त छैन । म निर्वाचन परिणाम हेरिरहेको छु । अस्ती मैले एमालेलाई मत दिनुपर्ने कारण बताएको थिएँ । एमाले बाहेक अरुलाई भोट दिनुपर्ने कारण नै नभएको बताएको थिएँ । त्यति हुँदाहुँदै पनि अहिले जनतामा एमालेबिरुद्ध यस्तो भ्रम फैलाइएको छ, एमालेलाई मात्र मत दिनुपर्ने बेलामा पनि अन्य पार्टीलाई पनि दिनुपर्छ भन्ने भ्रम दिइएको छ ।

राष्ट्रियताको सवालमा हामीले जे गर्यौं, त्यसमा के गर्नुपथ्र्यो रु वा के पुगेन रु राष्ट्रहित, राष्ट्रिय सार्बभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भावका सन्दर्भमा हामीले जुन अभ्यास गर्यौं, त्यो बिलकुल सही छ । तर त्यही चिज जनताको बीचमा पुग्न सकेको छैन । हो, यो जनताका बीचमा पुर्याउन जरुरी छ ।

लोकतान्त्रिक आचारण, मूल्य मान्यताका सन्दर्भमा एमालेले जे गरेको छ, त्यो कसैले गर्न सकेको छैन । लोकतान्त्रका स्थापित मुल्य मान्यताहरुलाई परिपालन गरेको छ, कहिले पनि उल्लघंन गरेको छैन । एमाले लोकतन्त्रलाई जीवनपद्दति मान्दछ । हामीले गर्व गर्नुपर्छ, हामी प्रतिपक्षमा छौं । तर हामी लोकतन्त्रको मुल्य मान्यतालाई मानेर अघि बढीरहेका छौं । सत्तापक्षले ध्यान दिनुपर्नेमा, हामी ध्यान दिइरहेका छौं ।

सत्तापक्ष आक्रमणमा उत्रेको छ, मारपिटमा उत्रको छ । यो बिचित्रको अवस्था छ । सत्तापक्ष शारिरक आक्रमणबाट हत्यामा उत्रेको छ । एउटा आंतकको सिर्जना गर्ने प्रयासमा सत्तापक्ष रहेको छ ।

म एमालेका कायकर्तालाई धन्यवाद दिन चाहान्छु । कहिँ पनि एमाालेले कसैलाई आक्रमण गरेन । कहिँ पनि हिंसा अपनाएन । एमोलेले लोकतान्त्रिक प्रक्रियाबाट बिजय चाहेको छ । अन्य प्रक्रियाबाट बिजयी हन चाहेको छैन । म धन्यवाद भन्न चाहान्छु एमालेका कार्यकर्तालाई ।

अव दोस्रो चरणको निर्वाचनमा एमाले यसभन्दा प्रभाबकारी रुपमा अघि बढ्छ । र, प्रतिनिधिसभामा कम्तिमा पनि बहुमतका साथ प्रमुख पाटी एमाले बन्छ । अर्थात एमालेले बहुमत प्राप्त गर्छ । मलाई अचम्ब लाग्छ यस्तो बदनाम कांग्रेसलाई जनताले अझै स्थान दिइरहेका छन् । यसको अर्थ अझै जनता अलमिलएको छ । हाम्रो विचार, आचरणमा कमी छैन र होइन, तर विचार जनतामा पुरयाउनेमा कमी छ ।

हामीसँग जबज छ । तर विचार नै नभएकाहरु पनि यहाँ छन् । समाज बिखण्डन गर्ने, सामाजिक सद्भाव खलबल्याउने तत्वहरु खुलेआम छाती फुकाएर हिडेका छन् । यहाँ अझै तिनको बिगबिगी छ । चर्को गरी ती बोल्छन् । एमाले जता हावा चल्छ त्यता कुद्ने पार्टी होइन । देशलाई कता लैजाने भन्ने ठहर गरी त्यस दिशामा जान चाहन्छ । देशका निम्ति जे गर्नुपर्छ, त्यो एमालेले गर्छ ।

त्यसैले एमाले राष्ट्रिय एकताको पक्षमा र समाजिक सद्भावको पक्षमा छ । यो जनतामा दह्रोसँग पुर्याउनुपर्छ । हामी हिंसाबादी होइनौं भन्दै शान्तिको महत्व अझ बढ्ता लिएर जनतामा जानुपर्छ । देशलाई समृद्ध बनाउन, आत्मानिर्भर बनाउन एमाले केन्द्रित छ । एउटा देशप्रतिको निर्भरता समाप्त पारेर २१ औं शताब्दीको स्वतन्त्र, सार्बभौम राष्ट्र बनाउने, आफ्ना विकासलाई उपयुक्त रुपमा अघि बढाउन सक्ने पार्टी एमाले मात्र हो । अव देशलाई त्यस दिशामा लैजाने हो । त्यस दिशामा अघि बढाइसकेका छौं ।

हामीले खानीको खोज गरेका छौं । पूर्वपश्चिम रेल भनेका छौं, काम अघि बढाएका छौंं । हामी केरुड, काठमाडौं पोखरा रेल भन्छौं र त्यसका लागि लागेका छौं । हाम्रो देशमा खानी छन् । अव तिनको उपयोग गर्ने दिशामा जानुपर्छ भन्यौं । एउटा खानी उत्खनन गर्यौं । सामन्यतया ५ देखि ७ प्रतिशत आर्थिक बृद्धि गर्न सकिएला, सकिन्छ । तर खनिजको उत्खनन गर्यौं, स्रोत साधनलाई प्रयोग, सदुपयोग गर्यौ र तिनको निर्यात गर्न थाल्यौं भने प्रतिव्यक्ति आय यसरी बढ्छ, कल्पना गर्न सक्दैनौं । कतार, साउदी अरव तेल बेचेर कुन अवस्थामा पुगे रु हामीले देखेका छौं । हामीले पूर्वाधार विकास, ऊर्जा, संचारका क्षेत्रमा काम गरेका छौं । मुलुकलाई आर्थिक विकासको दिशामा जसरी अघि बढायौं, त्यो कसैले गर्न सक्दैन ।

त्यसैले हाम्रो सरकार हटाउन सबै लागे । किन हाटाउनु पर्यो भने उनीहरुले उन्नती गर्न नसक्ने भए, हामीले मात्र सक्ने भयौं । एमालेले देश विकास गर्ने भयो भनेर हटाउन लागे । एमालेले कुनै अुनचित काम गरेर होइन । अलि अलि केही मान्छेलाई आफूले भनेका ठाउँमा नियुक्ति पाएनन् भनेर होला, आफ्नाले नियुक्ति पाउनुपथ्र्यो, पाएन भनेर होला । नातागोता र आसेपासेले नियुक्ति पाएन भनेर होला । अरु केही कारण छैन । नेकपा एमाले आजको अवस्थामा यस्ता बिषयमा अल्झंदैन, यस्तो चुनौतीका बेलामा त्यस्तामा अलमलिंदैन ।

हामीले आजको सन्दर्भमा जवजका आधारमा माक्र्सवादी सिद्धान्तको प्रयोग गरेका छौं । यतिबेला मदन आश्रितप्रति श्रद्धान्जली दिईरहदा त्यसलाई सफल पार्ने प्रयास गर्छौं, गर्नुपर्छ । मैले के पाएँ होइन, देशले के पायो त्यसमा चिन्ता हुनुपर्छ । हामीले कार्यकर्ताका माझमा लैजाने कुरा जनताका समस्या समाधानका कुरा हुन्, विकास र समृद्धिका कुरा हुन् । यी कुरा जनतामा लैजानु पर्छ । एमाले त्यसका निम्ति तयार रहने कुरा जनताका माझमा लैजानु पर्छ ।

हामीले बम बन्दुकका कुरा गरेका छैनौं, जो अरुले गरेका छन् । हामी त्यसो गर्दैनौं । पुतली नचाउनेले एउटै तारबाट पुतलीको डल नचाउँछ, कुन तार तान्दा कुन नाच्छ, त्यसले कसरी नचाउँछ, त्यो हामीले हेरिरहेका छौं । हामी त्यस्तो होइनौं । जनतालाई सुखी बनाउने अभिभारा एमालेको हो । एमालेको लक्ष्य धेरै ठाउँमा चुनाब जित्ने मात्र होइन, देश बनाउन चुनाब जित्ने हो । जित्नका लागि जित्ने होइन, देश बनाउन जित्ने हो । देश बनाउने अर्को पार्टी छैन ।

म सुन्छु सत्तापक्षको सेटिड मिलेको छ रे । ४० करोडको सेटिड मिल्यो । अव यति दिन भित्र दिइन्छ, अहिले मिलेन, अव यति दिनभित्र दिइन्छ । अचम्म के छ भने तिनका कार्यकर्ताले मञ्चमा पुग्दा माला पनि लगाईदिएका छन्, मञ्चमा बोलाईदिएका छन् । तिनलाई आसनग्रहण पनि गराएका छन् । तिनलाई लाज पनि लागेको छ त रु तर, उनीहरुलाई लाज नै छैन ।

एमाले विचारमा संगठित पार्टी हो, स्वार्थमा संगठित होइन । एमाले ब्यापकतामा संगठित पार्टी हो सकिर्णतामा संगठित होइन । महान कुरो भनेको विचारमा संगठित पार्टी वास्तविक संगठित हो । हामीले देश बनाउने हो, त्यसैभित्र हामी रहने हो । तर कस्तो हल्ला चलाइएको छ भने अरु पार्टीका नेताहरुको विचारको सहीपना, व्यवहार र आचारणको शुद्धपना केही छैन, उनीहरुको प्रतिरक्षा गर्ने ठाउँ नै छैन ।

अनि त्यसलाई डाइलुट कसरी गर्ने भन्दा सबै उस्तै हुन् भन्ने । उनीहरु सर्वोच्च अदालतका प्रधानन्यायाधीश बिरुद्ध महाभियोग लगाउँछन् रु अनि त्यसको औचित्य पुष्टि गर्न लोकमान सिंह कार्कीलाई पनि लगाएकै हो नि भन्छन् । सबैलाई एकै ठाउँमा राखेर गोलमाल गर्ने । सबै उस्तै हुन् भन्ने गर्छन् । अरु पार्टी र एमाले पनि उस्तै हुन् भन्ने जस्ता भ्रम छर्ने काम भएका छन् ।

एमालेको नीति सही छ, व्यवहार सही छ । एमालेसँग आर्थिक भिजन छैन भन्ने हल्ला चलाउने गरेका छन् । अरुका विचार छैनन्, विकासका दृष्टिकोण छैनन्, अनि एमालेलाई पनि त्यसमा हालेर हल्ला गर्ने गर्छन् । म विकामा, समृद्धिमा सबैसँग वहस गर्न तयार छु । एमालेका नेता सबैसँग बहस गर्न तयार छन् ।

गफाडी तालले होइन । रोजगारी सिर्जना गर्ने, कृषिलाई आधुनिकिरण गर्नेमा हामी बहस गर्न तयार छौं । अन्यत्र कम्युनिस्ट रक्षात्मक अवस्थामा होलान्, यहाँ एमाले छ, यो विजयी यात्रामा छ । एमाले यो देश बनाउने संकल्पमा छ । एमाले चुनौतीसँग डराउदैन । किनकि योसँग जबज छ । जवज आन्दोलनको जगमा बनेको हो, आन्दोलनको विश्लेषणको संंश्लेषण नै जबज हो । त्यसकारण हामी सफल हुन्छौं ।

मदन–आश्रितको २४ औं स्मृति दिवसका दिन मदननगर बल्खुमा अध्यक्ष केपी ओलीको मन्तब्यको संक्षेप