राजनीति

बनेपा ५, ६, ७ मा एमाले विजयी



काभ्रे, ३ जेठ । काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् ।

बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी ११६० मत ल्याइ विजयी हुनुभएको छ भने वडा नं– ६ मा एमालेकै सतितानन्द केसीले ५७७ मतले विजयी भएको छ । यसैगरी वडा नं ७ मा एमालेकै वर्ण शाक्य ८४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । रासस