राजनीति

फलेवास नगरपालिका प्रमुखमा एमाले विजयी



 पर्वत, ३ जेठ । पर्वतको फलेवास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका पदमपाणि शर्मा विजयी हुनुभएको छ ।

केहीबेरअघि सम्पन्न मतपरिणाम अनुसार शर्माले नेपाली काँग्रेसका उम्मेदवार गङ्गाधर तिवारीलाई ३४८ मतले पछि पार्दै विजयी हुनुभएको हो । शर्माले छ हजार १०३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी गङ्गाधर तिवारीले पाँच हजार ७५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, उपप्रमुखमा एमालेकै मञ्जु अधिकारी विजयी हुनुभएको छ । उहाँले पाँच हजार ९५४ मत प्राप्त गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रेखा गुरुङले पाँच हजार ६४९ मत प्राप्त गर्नुभएको छ ।