राजनीति

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, १७ असार । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार एमालेले केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजेका लागि बैठक आह्वान गरेको हो ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख गुरुङले बताए ।