Banner News

प्रधानमन्त्रीसहित गठबन्धनका नेता निजगढ प्रस्थान



काठमाडौँ, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरु आज बारा प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले सो क्षेत्र प्रस्थान गरेका हुन्।