समाचार

बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते



काठमाडौँ, १८ असार । चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

चितवन प्रहरीका अनुसार आज बिहान सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रमम बाघले आक्रमण गरेको हो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएकी गुरुङलाई पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।