सम्पादकीय

९० लाख रुपैयाँ बराबरको अबैध डलर बरामद



काठमाडौं, ४ जेठ । मकवानपुर प्रहरीले ठूलो परिमाणमा अबैध विदेशी रकम बरामद गरि बुधबार दिउँसो सार्वजनिक गरेको छ । प्रहरीले करिब ९० लाख नेपाली रुपैयाँ बराबरको अबैध डलर मंगलबार राती बरामद गरेको मकवानपुरका प्रहरी प्रमुख एसपी बसन्तकुमार लामाले बताए ।

हेटाँैडा १५ स्थित रातोमाटे चेकपोष्टमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको धद्य द्दढ द्य ज्ञढछघ नम्बरको भारतीय यात्रुबाहक बस चेकजाँचको क्रममा भारत खालधारपारा, कलोरा बस्ने २१ वर्षीय अबिक मण्डलको शरिर चेकजाँच गर्ने क्रममा अबैध डलर फेला परेको उनले बताए ।

मण्डलले शरिरभित्र लुकाई छिपाई ल्याएको एक सयको आठसय ६० वटा युएसए डलर, युरो ५०० को एक थान, साउदी रियाल १०० को तीन थान, ५०० को दश थान बरामद गरी थप अनुसन्धान भईरहेको एसपी लामाले जानकारी दिए । विशेष सूचनाको आधारमा अबैध डलर सहित पक्राउ गरिएको उनले बताए । अन्नपुर्णमा समाचार छ ।