राजनीति

जति दिन मन्त्री पदमा बस्छु, जनताको मन जित्ने प्रयास गर्नेछु : मन्त्री चौधरी



लमही, १९ असार । सहरी विकासमन्त्री मेटमणि चौधरीले जनताको मन जित्ने प्रयास गर्ने बताएका छन ।

गृह जिल्ला दाङ पुगेका उनले आफूलाई सांसदमा जिताएर मन्त्री बनाउने मतदाताहरूको शिर झुक्ने गरी कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका छन् ।

दाङको क्षेत्र नं. १ मा आयोजित स्वागत, बधाई लगायतका विभिन्न कार्यक्रमहरूमा चौधरीले भने, ‘दाङ क्षेत्र नं. १ का मतदाताहरूको शिर निहुरिने गरेर कुनै पनि काम गर्नेछैन । जति समय मन्त्री हुन्छु राम्रो काम गरेर देशभरिका जनताको मन जित्ने प्रयास गर्नेछु ।’

मन्त्री भनेको पद क्षणिक र अस्थायी पद रहेको बताएका चौधरीले आउँदै गरेको निर्वाचनमा आफूलाई विजयी बनाउन आग्रह पनि गरे । भालुबाङको पुल्चोकमा राप्ती उद्योग वणिज्य संघले आयोजना गरेको कार्यक्रमपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री चौधरीले लुम्बिनी प्रदेशको राजधानीको विकासका लागि सबै सहयोग गर्ने बताए ।