Banner News

‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशबारे संसदीय समिति बनाएर छानविन गर्नुपर्छ’



काठमाडौँ, २० असार । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नु माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले संसदीय छानबिन माग गर्दै त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्ने बताए ।

उनले भने, ‘यसमा एउटा संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ, ‘व्यापारीका मान्छे राखेर बजेट बनाइन्छ भने योभन्दा अन्तर्राष्ट्रिय लज्जाको विषय के हुन्छ ? ‘अनधिकृत मान्छे राखेर सेटिङ गरिकन कुन उद्योगका लागि के–के छुट दिनुपर्छ ? अरु उद्योगलाई कसरी सुकाइदिनुपर्छ भन्ने योजनाका साथ काम भयो ।’