काठमाडौँ, २० असार । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका छन् ।
आज बसेको एस पार्टीको सचिवालय बैठकमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूबीचको बैठकमा पार्टी एकताबारे आएको प्रस्तावबारे ब्रिफिङ गरेका हुन् ।
बैठकमा अध्यक्ष नेपालले पार्टी एकताका लागि आएको प्रस्तावबारे सामान्य ब्रिफिङ गरेको र पार्टी एकताको प्रस्ताव सकारात्मक रहे पनि अहिले नै निर्णयमा पुग्न नसकिने र पार्टीभित्र पनि छलफल गर्नपर्ने सचिवालय सदस्य प्रकाश ज्वालाले जानकारी दिएका छन ।
आइतबार तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो ।










प्रतिक्रिया दिनुहोस्