राजनीति

दोब्बर मूल्यवृद्धिले जनताको ढाड सेक्यो : महासचिव पोखरेल



काठमाडौँ, २१ असार । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।

आज प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका हुन् ।

उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झन्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको छ बताए । उनले वजेट निर्माण प्रकरण र उक्त घटना छुपाउन अर्थ मन्त्रालयले सिसिटिभी फुटेज गायब पारेको घटनामा अर्थमन्त्रीसँगै प्रधानमन्त्रीको पनि मिलेमतो रहेको आरोप लगाएका छन् ।

पोखरेलले एमालेलाई विस्थापित गर्दा मुलुकले दुर्भाग्य बेहोर्न बाध्य भएको बताए । उनले भने, ‘अर्थतन्त्र डामाडोल छ । मूल्यवृद्धि अत्यधिक छ । पुँजीगत खर्च लकडाउनमा भन्दा पनि खराब भएको छ त्यस अर्थमा ५ दल असफल भएको छ ।’