गुल्मी, २१ असार । गुल्मीमा चट्याङ लागेर १४ वर्षीय बालकको मृत्यु भएको छ ।
प्रहरी कार्यालय गुल्मीका अनुसार मदाने गाउँपालिका वडा -१ अग्लुङ निवासी १४ वर्षीय चन्द्र बिष्टको चट्याङले लागेर मृत्यु भएको हो ।
मंगलबार बिहान परेको चट्याङले लागेर घाइते बिष्टको उपचारको लागि गुल्मी अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । यस्तै चट्याङ लागेर उनकी काकी ४२ वर्षीया संगीता बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्