काठमाडौँ, २१ असार । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको छ ।
मंगलबार २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ । सोमबार भने ४ अर्ब ३४ करोड ९२ लाख ७३ हजार ५९३ रुपैयाँको कारोबार भएको थियो । मंगलबार कुल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । ङ्याग्दी ग्रुप पावर, आँधीखोला लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था, युनियन हाइड्रोपावर लगायतका कम्पनीको मूल्य बढ्यो ।










प्रतिक्रिया दिनुहोस्