सम्पादकीय

स्थानीय निर्वाचनले संविधान जनअनुमोदित



काठमाडौं, ४ जेठ । नेकपा एमालेले संविधान संशोधन प्रस्ताव फिर्तागरी सहज ढंगले दोस्रो चरणको स्थानीय निर्वाचनमा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष बामदेव गौतमको ललितपुरको भैसेपाटी स्थित निवासमा बसेको एमाले स्थायी समितिको बैठकले प्रधानन्याधिश सुशीला कार्की माथि व्यवस्थापिका संसदमा पेश गरिएको महाअभियोग पनि तत्काल फिर्ता लिन माग गरेको हो ।

‘बिनाऔचित्य अगाडि बढाइएको संविधान संशोधन प्रस्तावसमेत फिर्ता गरी सहजढंगले दोस्रो चरणको स्थानीय निर्वाचन सम्पन्न गर्न, संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष मागगर्दछ’बैठकपछि प्रचार प्रमुख योगेश भट्टराई जारी गर्नु भएको प्रेस बिज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टी प्रधानन्यायाधीश सुशीला कार्कीमाथि व्यवस्थापिका संसदमा पेस गरिएको औचित्यहीन महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन सम्बन्धित पक्षहरुसँग माग गर्दछौ ।’

स्थानीय तहको पहिलो चरणको निर्वाचनले संविधानलाई जनताले अनुमोदन गरेको ठहर एमालेले गरेको छ । गत वैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । ‘निर्वाचनपछि फरक पहिचान र हैसियतसहित निर्माण भएका स्थानीय तहले विशेष अर्थ राख्दछन् ।

यस निर्वाचनमा जनताको उत्साहजनक सहभागिताप्रति नेकपा (एमाले) खुशी व्यक्त गर्दछ’ बिज्ञप्तिमा भनिएको छ ‘स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिहरूद्वारा निर्मित नेपालको संविधानलाई जनअनुमोदित गर्नुका साथै संविधान कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको छ ।’अन्नपुर्णमा समाचार छ ।