Banner News

एमालेको अग्रता कायमै कांग्रेस पछ्याउँदै–तेस्रोमा माओवादी केन्द्र



काठमाडौं,४ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा कांग्रेस र एमालेबीच कडा टक्कर देखिएको छ । अहिलेसम्म एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रोमा देखिएको छ । बिहान साढे ७ बजेसम्म एमालेले ६३ र कांग्रेसले ६२ स्थानमा जित हाँसिल गरेको छ । माओवादी केन्द्रले २४ ठाउँमा प्रमुख जितिकोे छ ।

मतगणना भइरहेका चारवटै महानगरपालिकामा एमाले अगाडी देखिएको छ । उपमेयर र उपप्रमुखमा भने एमाले कांग्रेस भन्दा धेरै अगाडी देखिएको छ । प्रमुख एमालेले जितेका ठाउँमा पनि उपप्रमुख एमालेले जितेको छ । चौथो ठूलो दल राप्रपाले एक तह, राष्ट्रिय जनमोर्चा र नयाँ शक्तिले एक, एक तहमा आफुलाई सिमित गरेका छन्। स्वतन्त्रले तीन ठाउँमा विजयी हाँसिल गरेको छ ।