Banner News

यो सरकार नराम्रो कामको थुप्रो हो, टिपेर मिल्काउनुपर्छ : अध्यक्ष ओली



काठमाडौँ, २४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार अभिलम्ब हट्नुपर्ने बताएका छन् ।

आज छविलाल कार्कीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारबाट अति भएको र सरकार नहटे जनताले टिपेर मिल्काउनुपर्ने बताए ।

उनले भने, “अब अति भयो । अस्ति संसदमा बोल्दा पनि भनेँ अब अति भयो । अतिभन्दा पनि नाघ्यो । त्यसकारण यो सरकार स्वीकार्य हुन सक्दैन ।, “यो सरकार भनेको नराम्रो कामको थुप्रो हो । एउटा राम्रो काम गरेन । नालायक भयो । सत्तामा एकछिन पनि बस्न नमिल्ने सरकार हो । यो अभिलम्ब हट्नुपर्छ । हट्दैन भने जनातले टिपेर मिल्काउनुपर्ने अवस्था आउन सक्छ ।”