Banner News

बुढीगंगा नगरपालिकाको मतगणना: अग्रता बढाउँदै एमाले, पछ्याउँदै कांग्रेस



बाजुरा, २५ असार । जिल्लाको बुढीगंगा नगरपालिकामा शुरुवाती चरणदेखी नै एमालेले आफ्नो पक्षमा अग्रता बढाईरहेको छ भने गठबन्धनको तर्फबाट कांग्रेसले पछ्याइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार २ हजार ३४० मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका मेयर पदका उम्मेदवार रामबहादुर बानियाँले ४३९ मतले अग्रता लिएका छन् । नेपाली कांग्रेसका रंगबहादुर खातीले पछ्याइरहेका छन् ।

एमालेका उम्मेदवारले मेयरमा १ हजार ३२५ र उपमेयरमा १ हजार २९० मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले मेयरमा ८८६ र उपमेयरमा ९१९ मत पाएका छन् । एमालेले १ र १० नम्बर वडामा वडाध्यक्ष समेत जितिसकेको छ ।