शैक्षिक

भक्तपुरका ४ नगरपालिकाको मत परिणाम यसरी अघि बढ्दै छ



भक्तपुर ,४ जेठ। जिल्लाका ४ नगरपालिको जारी छ मतगणनामा नेमकिपाले ५, नेपाली काँग्रेसले ५ र एमालेले १ वडा जितेका छन् ।

अहिलेसम्मको मतगणना अनुसार, भक्तपुर नगरपालिकाको वडा नं १, २,३,४ र ५ मा नेपाल मजदुर किसान पार्टीले विजय हासिल गरेको छ । वडा नं १ मा श्यामकृष्ण खत्री, २ मा हरिप्रसाद बासुकला, ३ मा राजकृष्ण गोरा, ४ मा कुमार चवाल, र ५ मा प्रेमगोपाल कर्माचार्यको टिम विजयी भएको छ ।
त्यसैगरी, मध्यपुरथिमी–१ मा नेपाली कांग्रेसका सुरज खड्काको प्यानल, २ मा राम थापा मगर विजयी भएका छन । वडा नं। २ मा एक महिला सदस्यमा एमालेले जित हासिल गरेको छ । वडा नं३ मा प्रेमबहादुर कुटुको प्यानल विजयी भएको छ ।

सूर्यविनायक नगरपालिका – १ को वडाध्यक्षमा एमालेका सानुकाजी कायस्थको प्यानलले जितेको छ । वडा नं २ मा काँग्रेसका उम्मेदवार कमलनाथ आचार्य विजयी भएका छन् भने वडा नं३ मा नेपाली काँग्रेसकै शिवशरण खत्रीको पूरै टिम विजयी भएको छ ।

भक्तपुर नगरपालिकाको मेयरमा नेमकिपाका सुनील प्रजापतिले ११ हजार ६ सय ४६ र उपमेयरमा रजनी जोशीले ११ हजार ७ सय ६३ मतका साथ अग्रता लिइरहेका छन् । कांग्रेसका रामप्रसाद कासुला ४ हजार ६ सय १३ र उपमेयर गंगालक्ष्मी अवालले ४ हजार ५ सय ६० मतका साथ नेमकिपाका उम्मेदवारलाई पछ्याइरहेका छन् ।

मध्यपुर थिमि नगरपालिकामा नेपाली काँग्रेसका मेयर अष्ट कवेंले ३ हजार ७ सय ६७ र उपमेयरमा अन्जना मधिकर्मीले ३ हजार ८ सय ८२ मत हासिल गरेका छन् । ३ हजार १ सय १५ मतका साथ एमालेका मदनसुन्दर श्रेष्ठ कांग्रेस उम्मेदवारको पछि पछि आइरहेका छन् । उपमेयरमा नेमकिपाका केदार खड्काले १ हजार ७ सय ३ मत पाएका छन् ।

सूर्यबिनायक नगरपालिकामा नेपाली काँग्रेसका मेयर बिष्णुराज कार्कीले ४ हजार ४ सय ७६ र उपमेयरमा एमालेकी जुना बस्नेतले ४ हजार २ मत ल्याएकी छन् । त्यस्तै, एमालेका मेयर वसुदेव थापाले ३ हजार २ सय ५ र उपमेयरमा काँग्रेसकी कल्पना राजथलाले ३ हजार ३ सय ८८ मत पाएका छन् ।

चाँगुनारायण नपामा काँग्रेसका मेयर राजाराम खड्काले ५ सय ४१ मत र उपमेयरमा काँग्रेसकी सरु बानियाँले ५ सय २९ मतका साथ अग्रहता लिइरहेका छन् । उनीहरुलाई राप्रपाका रविन्द्रप्रताप शाहले ३ सय ११ र राप्रपाकी यवती कार्कीले ३ सय २३ मत पाएकी छन् ।