विश्व

श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन सहमत



एजेन्सी, २५ असार । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत हुनुभएको छ ।

शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उहाँले सर्वदलीय बैठकको अह्वान गर्नुभएको थियो । प्रदर्शनकारीले देशका विभिन्न सहर तथा राजधानीमा गरेका प्रदर्शनमा जनसहभागिता उल्लेख्य देखिएको थियो । राजधानीमा भएको प्रदर्शनको एक समूह राष्ट्रपतिको कार्यालयमा प्रवेश गरी राष्ट्रपति र प्रधानमन्त्री दुवैजनाको राजीनामा माग गरेका थिए ।

सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्यालयबाट जारी एक वक्तव्यमा विक्रमसिङ्घेले नयाँ सरकार गठनका लागि सबै दलले सहमति जनाउँदा पार्टी नेताहरूलाई राजीनामा दिने बताउनुभएको उल्लेख गरिएको छ । उनीहरूले वर्तमान नेतृत्वले श्रीलंकाको आर्थिक, इन्धन तथा अन्य क्षेत्रमा देखिएको सङ्कटको समाधान दिन नसकेको भन्दै नाराबाजी लगाएका थिए ।