काठमाडौं, ४ जेठ ।काठमाडौं महानगरपालिकाको मत गणनामा एमाले उम्मेदवार विद्यासुन्दर शाक्य र कांग्रेस उम्मेदवार राजुराज जोशीबीचको अन्तर फराकिलो हुँदै गएको छ । पछिल्लो नतिजा अनुसार मेयरमा एमालेका उम्मेदवार शाक्यले कांग्रेस उम्मेदवार जोशी भन्२३३५ मतले अग्रता लिएका छन् ।
एमाले उम्मेदवार शाक्यले ५३३७ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार जोशीले ३०२२ मत ल्याएका छन् । यस्तै विवेकशील नेपालीकी रञ्जु दर्शनाले २३२८ मत ल्याएर तेस्रो स्थान कायम गरेकी छिन् भने साझा पार्टीका उम्मेदवार किशोर थापा १६०३ मत ल्याएर चौथो स्थानमा छन् ।
प्रतिक्रिया दिनुहोस्