किभ, २६ असार । केही समययता रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरूबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरूबाट एक अर्ब सात करोड (१.७ बिलियन) अमेरिकी डलरबराबरको सहयोग प्राप्त गर्ने भएको छ ।
सो कुराको जानकारी युक्रेनका प्रधानमन्त्री डेनिस सिमहलले जानकारी दिएका छन् । प्रधानमन्त्री डेनिसले शनिबार युक्रेनले विभिन्न दाताहरूबाट सो रकम प्राप्त गर्न लागेको जानकारी दिएका हुन् । सो रकम विश्वका विभिन्न दाता राष्ट्रहरूबाट प्राप्त हुन लागेको र विकास र पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंकमार्फत सो रकम प्राप्त हुने जनाइएको छ ।
विकास र पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय बैंक, अन्तर्राष्ट्रिय अमेरिकी सहयोग नियोगमार्फत सो सहयोग उपलब्ध हुने जानकारी दिइएको छ ।यहाँका औषधिसम्बन्धी कार्यक्रम र अन्य पुनर्निर्माणका क्षेत्रमा यो सहायता रकमको उपयोग गरिने जानकारी प्रधानमन्त्री डेनिसले दिएका छन् ।
रुसको आक्रमणमा परेको युक्रेनले यही सन् २०२२ को अन्त्यसम्ममा करिब २० अर्ब अमेरिकी डलरबराबरको सहायता प्राप्त गर्ने योजना बनाएको यहाँका अर्थमन्त्रीले जानकारी दिएका छन् । अमेरिका, बेलायत, जर्मनीलगायत पश्चिमा देशहरूले युक्रेनलाई सहयोग गर्ने बाचा पनि गरेका छन् । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्