काठमाडौँ, २६ असार । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओ र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ ।
आइतबार अपराह्न सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।
विदेश विभाग प्रमुख लिउ चार दिने नेपाल भ्रमणका लागि आइतबार नै काठमाडौं आएका हुन् ।










प्रतिक्रिया दिनुहोस्