राजनीति

प्रधानमन्त्री देउवा र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता



काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओबीच शिष्टाचार भेटवार्ता भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षीय आपसीहितका विविध विषयमा छलफल भएको बताइएको छ । विदेश विभाग प्रमुख लिउ तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आइपुगेका हुन् । उनले आजै परराष्ट्रमन्त्री डा नारायण खड्कासँग पनि भेटेका छन् ।