काठमाडौँ, २७ असार । प्रवासी नेपाली मञ्च युएई राष्ट्रिय कमिटीको छैठौं ऐतिहासिक अधिवेशन सम्पन्न भएको छ ।
आईतबारका युएईको आबुदावीमा भएको अधिवेशनले टंकबहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमले गुरुङको अध्यक्षतामा २१ सदस्यीक राष्ट्रिय कमिटी गठन गर्दै सम्पन्न भएको छ । उपाध्यक्ष पद बाहेक अरु सबै पदमा सर्वसम्मत भएको थियो । उपाध्यक्षमा यम बहादुर पुराकोटी र कृष्ण बहादुर ढकालको निर्वाचन भएकोमा ४१ जना प्रतिनिधिहरुले मतदान गर्दा कृष्णबहादुर ढकालले ११ मत ल्याउनु भएको थिए भने यम बहादुर पुराकोटीले ३० ल्याई उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।
नवनिर्वाचित कमिटीको अध्यक्षमा गुरूङ, उपाध्यक्ष यम बहादुर पुराकोटी, सचिव बाबुराम सापकोटा, उपसचिव राधा बराईली, उपसचिव डि बि कार्की, सदस्यहरुमा अर्जुनबहादुर गौली, कृष्णप्रसाद आचार्य, शिव जंग गुरुङ, मुक्ति गुरुङ, लक्ष्मण अधिकारी, रामेश्र्वर भेटवाल, मणिराम खतिवडा, आइतराम गुरूङ, मनोज नेपाल, बाबुराम बराईली, गुप्त शेखर पौडेल, बिष्णुलाल श्रेष्ठ, लिलबहादुर थापा, सुजन सापकोटा, सुन्दर पाठक र सुरेश तामाङ् रहनुभएको छ ।
कार्यक्रममा सांसद बस्नेतले बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा राजनीतिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपालको वर्तमान राजनीतिक अवस्था तथा एमालेको निर्वाचन विशेष तयारीको वारेमा उल्लेख गर्दै आगामी प्रदेश तथा संघीय निर्वाचनमा एमालेले अत्याधिक मतका साथ पहिलो पार्टी बन्नेमा विश्वास दिलाउनुभयो ।










प्रतिक्रिया दिनुहोस्