भक्तपुर, २७ असार । १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २७ वर्षीय टिकाराज कटुवाललाई पक्राउ गरेको हो । उनलाई प्रहरीले आइतबार बिहान पक्राउ गरेको हो।
ती किशोरीलाई सूर्यविनायक नगरपालिका-१० चित्तापोलस्थित एक रिसोर्टमा कटुवालले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको पहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्