राजनीति

गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका महर्जन विजयी



ललितपुर, ४ जेठ । गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा नेपाली काँग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रका सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गर्नुभएको छ ।