Banner News

प्रधानमन्त्रीद्वारा भरतपुर विमानस्थल र क्रिकेट रंगशालाको काम अघि बढाउन निर्देशन



काठमाडौँ, २८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले भरतपुर विमानस्थल विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति, माडी क्षेत्रमा भूमिगत विद्युतीकरणलगायतका काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।

आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, मुख्यसचिव शंकरदास बैरागी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतसँग भेटवार्तापछि प्रधानमन्त्री देउवाले रोकिएका सबै काम तुरुन्तै अघि बढाउन निर्देशन दिएका हुन् ।

भरतपुर मेयर दाहालका अनुसार चितवन जिल्लाको समग्र विकाससँग सम्बन्धित विषयहरू भरतपुर एअरपोर्ट विस्तार, अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य, माडी क्षेत्रको भूमिगत विद्युतीकरणको कार्य रोकिएको विषय, माडी जंगल क्षेत्रको हुलाकी सडकको स्तरोन्नति गर्नेबारे प्रधानमन्त्रीले तुरुन्त कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिएका हुन् ।