समाचार

भोलि सार्वजनिक बिदा



काठमाडौँ, २८ असार । गण्डकी प्रदेश सरकारले भोलि बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भानु जयन्तीको अवसरमा भोलि सार्वजनिक बिदा दिइएको गण्डकी प्रदेश, आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी सूचना अनुसार भानु जयन्तीको अवसरमा असार २९ गते बिदा दिने भएको हो ।

यस्तै कोजाग्रत पूर्णिमाको अवसरमा २०७९ सालको असोज २३ गते, गण्डकी प्रदेश सरकारको स्थापना दिवस फागुन ४ गते र चैते दशै चैत्र १५ गते सार्वजनिक बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदले गएको चैत्र १८ गते निर्णय गरेको सूचनामा उल्लेख छ ।