राजनीति

प्रधानमन्त्री देउवाद्वारा भानुको प्रतिमामा माल्यार्पण



काठमाडौँ, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जयन्तीका अवसरमा उनको शालिकमा माल्यार्पण गरेका छन् ।

आज बिहान आयोजित एक कार्यक्रमकाबीच प्रधानमन्त्री देउवाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा अवस्थित भानुको शालिकमा माल्यार्पण गरेका हुन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतको उपस्थिति रहेको थियो ।