काठमाडौँ, २९ असार । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।
प्रहरीका अनुसार महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको छ ।
अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।










प्रतिक्रिया दिनुहोस्