समाचार

पोखरीमा डुबेर दुई जना बालिकाको मृत्यु



सप्तरी, ३० असार । सप्तरीमा पोखरीमा डुबेर दुई जना बालिकाकाे मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार नुहाउने क्रममा हिजाे पाेखरीमा डुबेर सप्तरीको कञ्चनरुप नगरपालिका–५ की १३ वर्षीया रजनी कुमारी सदा र १४ वर्षीया सेन्द्री कुमारी सदाकाे मृत्यु भएकाे हाे ।

सात/आठ जना बालिकाहरू स्थानीय दीपक चौधरीको पोखरीमा नुहाउने गएकाे बेला रजनी र सेन्द्री पानीमा डुबेका स्थानीयले बताएका छन् ।प्रहरीका अनुसार सेन्द्रीको पोखरीमा डुबेकै अवस्थामा र रजनीको कञ्चनपुरकाे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएकाे थियाे ।

घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।