काठमाडौँ, ३० असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको अर्थतन्त्र सबल हुँदै गएको दावी गर्नुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मन्त्री कार्कीले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना सदनबाट पारित भएपछि वैदेशिक सहयोग र आर्थिक अनुदानमा सकारात्मक प्रभाव भइरहेको बताउनुभयो । मुलुक श्रीलंका जस्तो हुने अवस्थामा नरहेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘केही समस्या छन्, तर सुनियोजित रुपमा जसरी श्रीलंकाको बाटोमा गइरहेको भन्ने छ, श्रीलंका हुने अवस्थामा छैनौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अन्तर्राष्ट्रिय विश्वसनीयता, लगानीमैत्री नीति सकारात्मक उन्मुख रहेको छ । केही अर्थतन्त्रमा समस्या नभएका होइनन्, ती समस्यालाई हामीले सबल अर्थतन्त्रतर्फ अघि बढाउनेछौँ ।’










प्रतिक्रिया दिनुहोस्