राजनीति

यम बुद्धको सालिक बनाउने निर्णय स्वागतयोग्य : उपाध्यक्ष पौडेल



काठमाडौँ, ३० असार । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले दिवंगत गायक यम बुद्ध (अनिल अधिकारी)को सालिक बनाउने ‘काठमाडौं महानगरपालिकाको’ निर्णय स्वागतयोग्य भएको बताएका छन् ।

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत उनले उक्त निर्णयको प्रशंसा गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, “संघीय लोकतान्त्रिक गणतन्त्र आ–आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो । तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यम वुद्ध (अनिल अधिकारी)को प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ ।”