काठमाडौँ, ३० असार । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९४ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्