Banner News

कुल बजेटको ४० प्रतिशत रकमान्तर : अन्तिम महिनामा २ खर्ब ७९ अर्ब खर्च



काठमाडौँ, ३१ असार । सरकाले वित्तीय अनुशासनको नारालाई लत्याउँदै गत आर्थिक वर्ष ५ खर्ब ९७ अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर गरेको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा सरकारले ५ खर्ब ९७ अर्ब २४ करोड ९८ लाख रकमान्तर गरेको हो, जुन कुल विनियोजन बजेटको ४०.५० प्रतिशत हुन्छ ।

गत आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख थियो । सरकारले रकमान्तर गरेको मध्ये आर्थिक वर्षको अन्तिम महिनामा मात्रै ४२ अर्ब ५५ करोड २५ लाख र असार अन्तिम सातामा ६ अर्ब ११ करोड २० लाख रकमान्तर गरी विभिन्न शीर्षक उपशीर्षकमा लगिएको प्रतिवेदनले देखाएको छ ।

आर्थिक वर्षको अन्तिम महिनामा मात्रै यति धेरै रकमान्तर हुनुले अर्थ मन्त्रालयको नेतृत्व लिइकाहरूमाथि गम्भिर प्रश्न उब्जिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।