राजनीति

३ दिने भ्रमणका लागि अध्यक्ष प्रचण्ड आज भारत जाँदै



काठमाडौँ, ३१ असार । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् ।

उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ । भाजपा अध्यक्ष जेपी नड्डासँग आजै भाजपा मुख्यालयमा भेटवार्ता हुने तय भएको छ ।

तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ । यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि प्रचण्डको भेट तय गरिएको छ । यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवालेसहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ताको तयारी रहे पनि समय निश्चित नभएको बताइएको छ ।