काठमाडौँ, ३० असार । थप २२९ जनामा कोरोना (कोभिड १९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ८१ हजार १ सय ४२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १२ सय ८४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ४८ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ६७ हजार ९ सय ६ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जना रहेको मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्