काठमाडौँ, ३२ असार । गृहमन्त्री बालकृष्ण खाँणले हतियार किन्ने सरकारको योजना नरहेको बताउनुभएको छ ।
शनिबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा बोल्दै खाँणले हतियार किन्न पैसा नै नभएको उल्लेख गर्नुभयो । हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हतियार किन्ने प्रहरीको नियमित प्रक्रिया हो । यो पुरानो निर्णय हो । हतियार किन्ने योजना यो सरकारको छैन । हतियार किन्ने पैसा पनि छैन ।’










प्रतिक्रिया दिनुहोस्