Banner News

चुच्चे नक्सा छापेबापत दुवैपटक सत्ताच्युतः अध्यक्ष ओली



काठमाडौं,३२ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेताहरुलाई सही विचारका लागि मात्रै गठबन्धन गर्न सुझाव दिनुभएको छ ।

नेपाल चीन हिमालय मैत्री समाजले काठमाडौंमा आज आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था , चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले यस्तो सुझाव दिनुभएको हो । ओलीभन्दा अगाडि बोल्नुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालमेलमा जोड दिनुभएको थियो । त्यसका लागि आत्मसमीक्षा गर्न सबै तयार हुनुपर्ने श्रेष्ठको भनाई थियो ।

जसपा अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता चन्द्र भण्डारीले पनि विदेश नीतिमा प्रश्न उठाएका थिए । कार्यक्रमका प्रमुख अतिथि ओलीले आयोजकले गठबन्धनका राम्रा नेताहरुलाई छानेर ल्याएको बताउनु भयो । अध्यक्ष ओलीले आफ्नो धारणा राखे जसरी नै पार्टीमा लडन बक्ताहरुलाई सुुझाउनु भयो ।

‘जे भनेपनि ताली बजाउने गरेर मात्र भएन, गठबन्धनभित्र सहीका लागि लड्नुपर्‍यो । लड्ने मात्र होइन, विचार व्यक्त गरेर छाड्ने मात्र होइन, एउटा नेताका हिसाबमा तपाईंहरुको कर्तव्य हुन्छ कि आफ्नो विचारमा आफ्नो पार्टी र गठबन्धनलाई पुर्‍याउने,’ ओलीले भन्नुभयो ।

बर्तमान गठबन्धन मुलुकका लागि निकै ठूलो दुर्भाग्यपूण बनेको दृष्टान्त राख्दै अव सही कुराका लागि लडन पनि ओलीको सुझाव छ । उहाल्े भन्नुभयो, ‘गठबन्धनलाई सक्नुहुन्न भने पार्टीलाई पुर्‍याउनुपर्‍यो । पार्टीलाई पुर्‍याउनु हुन्न र विचार मिल्दैन भने त्यो पार्टीमा किन हुनुहुन्छ तपाईंहरु रु पार्टी त तपाईहरु जहाँ अल्झिरहनुभएको छ, त्यो मात्र छैन होला नि रु’

अध्यक्ष ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको तथ्य पनि राख्नुभयो । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै अध्यक्ष ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको बताउनु भयो ।