काठमाडौँ, १ साउन । प्रदेश–१ लगातयत बाँकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदली रहेको छ । प्रदेश–१, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावजोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सतर्क हुन विभागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्