राजनीति

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने



काठमाडौँ, १ साउन । सरकार विशेषत: अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ ।

वर्तमान सरकारका अर्थमन्त्रीले महत्वकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भएपनि आर्थिक समाप्तिमा आधा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ भने कुल बजेटको ७९.७ प्रतिशतमात्र खर्च भएको महालेखा नियन्त्रणको कार्यलयले जनाएको छ ।

साथै राजस्व पनि करिब ९० प्रतिशत अर्थात ८९.७५ प्रतिशतमात्र उठेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नीतिगत अस्पष्टता तथाम राजनीतिप्रति बढी चासो भएका कारण खर्च गर्न तथा राजस्व उठाउन दुवैमा असफल भएको हो । यो समाचार आजको कारोबार दैनिकमा छ ।