विराटनगर, ३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी गठबन्धन बनाउने पक्षमा नरहेको बताएका छन् ।
आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष पोखरेलले एमाले तत्कालै चुनावी प्रयोजनका लागि कुनै किसिमको गठबन्धन बनाउने पक्षमा नरहेको बताए ।
उनले भने, “हामी दलीय गठबन्धन गर्ने पक्षमा छैनौँ । निर्वाचनमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्ने हाम्रो उद्देश्य छ, “हामी राष्ट्रियस्तरको गठबन्धन गर्दैनौँ । तर, स्थानीय तहमा भने आवश्यकता हेरेर तालमेल हुनसक्छ ।” एमाले विचारसहित संगठनको बलमा जनतामाझ जाने उनको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्