Banner News

बनेपा नगर प्रमुखमा एमाले विजयी



काभ्रे, ४ जेठ ।काठमाण्डौ महानगर को ढोका मानिन ेकाभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले विजयी भएको छ ।

नगरपालिका प्रमुखमा नेकपा एमाले का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, नगर उपप्रमुखमा नेकपा एमाले बाट रेखा सापकोटा दाहाल ले एघार हजार २ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निर्मला श्रेष्ठले नौ हजार ९६० मत प्राप्त गर्नुभयो ।